सभापति देउवाले बोलाए काँग्रेस कार्यसम्पादन समितिको बैठक | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं, १३ पुस । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न कांग्रेस केन्द्रीय समितिको बैठक बोलाएका छन् ।

बैठक शुक्रबार बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तय भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

निर्वाचन परिणाम र वर्तमान राजनीतिक गतिरोधबारे छलफल गर्न बैठक बोलाएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले खरीबोटलाई जानकारी दिए ।

बैठक निर्वाचनको समीक्षा र राष्ट्रियसभा अध्यादेशका विषयमा हाल उत्पन्न अन्योलका विषयमा केन्द्रित हुने बताइएको छ । निर्वाचन पछि कांग्रेसको कुनै समितिको बस्न लागेको यो पहिलो बैठक हो ।

निर्वाचनमा पराजय भोगेपछि युवा नेताहरुले विशेष महाधिवेशनको माग गर्दै सभापति देउवाले सभापतिबाट राजीनामा गर्नुपर्ने माग गरिरहेका बेला बैठक बस्न लागेको हो ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);