राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बस्दै

UML

काठमाडौँ, पुस १३ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न एमालेको स्थायी समिति बैठक बस्ने भएको छ , बैठकले प्रदेशसभाको समानुपातिक सांसदको नाम टुंगो लगाउने तयारी गरेको छ ।

दिउँसो १ बजेपछि अध्यक्ष केपी ओलीको निवास बालकोटमा बस्ने बैठकमा पार्टी एकता, नयाँ सरकार गठन र राष्ट्रियसभा निर्वाचन अध्यादेशबारे छलफल हुने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बैठकमा बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छलफलका बारेमा पनि जानकारी गराइने छ । बैठकमा प्रदेशसभामा समानुपातिकतर्फ सांसद बन्नेको नाम टुंग्याउने तयारी पनि भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);