माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

माओवादी पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले यही साउन १७ देखि बस्ने पार्टी केन्द्रिय समितिको बैठकमा प्रश्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनबारे आन्तरिक छलफल शुरु गरेको छ ।

शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पार्टी पदाधिकारी बैठकमा सो बैठकमा प्रश्तुत हुने राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु भएको हो । पार्टीको संगठन विभाग तथा उपाध्यक्षहरुले तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल सुरु भएको र त्यसलाई निष्कर्षमा पु¥याउनका लागि आईतवार (भोलि) पनि पदाधिकारी बैठक बोलाइएको पार्टीका सचिव चक्रपाणी खनालले जानकारी दिनुभयो । बैठकमा पार्टीको केन्द्रिय कार्य समिति बैठक बस्नुअघि स्थायी समिति बैठक बोलाई त्यसका एजेण्डाहरु टुंगो लगाउने विषयमा पनि नेताहरुबीच सहमति भएको छ ।

सचिव खनालले भन्नुभयो, ‘केन्द्रिय समितिको बैठकलाई मध्यनजर राख्दै यो बैठक आजको प्रतिवेदनको तयारी संगठनात्मक प्रतिवेदन, राजनीतिक प्रतिवेदन र त्यसपछि केन्द्रिय समितिको बैठकलाई कसरी लैजाने र पदाधिकारीहरुको सुझाव के छ ? त्यसबारे मुख्य छलफल भयो । त्यसपछि स्थायी समिति बैठक केन्द्रिय समिति बैठक अघि नै बोलाउने र त्यो बैठकबाट फेरी केन्द्रिय समितिलाई अलि व्यवस्थित र पूर्ण रुपमा कसरी लैजाने भन्ने बारेमा छलफल भयो । र, यसलाई मूर्तरुप दिनेबारे भोली पनि बैठक बस्ने भनेर आजको बैठक टुंगियो । कमरेड अध्यक्ष इटाली जानु अघि पनि पदाधिकारी बैठक बसेको थियो । त्यो बैठकमा राजनीतिक प्रतिवेदनको बारेमा छलफल गरेर मोटामोटी आकार तयार गर्ने र त्यसपछि आजको बैठकमा प्रस्तुत गर्ने भनिएको थियो । त्यो मोटामोटी प्रश्तुत गर्नुभएको छ । अव त्यसलाई संश्लेषित गरेर अध्यक्षले प्रतिवेदन बनाउनु हुन्छ । संगठन विभाग र उपाध्यक्षहरुलाई सो जिम्मेवारी दिइएको थियो । आज लिखित, मौखिक दुवै रुपमा प्रश्तुत पनि गर्नुभयो ।’

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल इटाली जानु अघि नै बसेको माओवादी पदाधिकारी बैठकले आसन्न केन्दिय समिति बैठकमा प्रश्तुत हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनको मस्यौदा तयार पार्ने जिम्मेवारी पार्टीको संगठन विभाग र उपाध्यक्षहरुलाई दिएको थियो । सोही प्रतिवेदनको मस्यौदामाथि आजको बैठकमा छलफल शुरु गरिएको छ । नेताहरुको सुझावहरुलाई समेत समेटेर अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनलाई अन्तिम दिनु हुने माओवादी केन्द्रले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);