क्विन्टल सुन तस्करी प्रकरण : १२ दिनसम्म पनि मुख्य डिजाइनरको अत्तोपत्तो भएन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

क्विन्टल सुन तस्करी प्रकरण : १२ दिनसम्म पनि मुख्य डिजाइनरको अत्तोपत्तो भएन

सागर पण्डित ।  सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल (सय किलो) सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो तस्करी प्रकरणका मुख्य योजनाकारको बारेमा कुनै सूत्र हात लागेको छैन ।

हङकङको क्याथे प्यासिफिकको जहाजबाट ल्याइएको सो सुन भन्सार पास गराएर बाहिर लैजान लाग्दा साउन २ गते राजस्व अनुसन्धान विभागको विशेष टोलीले बरामद गरेको थियो ।

उच्च स्रोतका अनुसार सो तस्करीमा विशेषगरी चीनबाट कारोबार गर्ने, नेपालमा सुन भित्र्याउने र त्यसलाई भारतमा लगेर बिक्री गर्ने तीनवटा मुख्य समूहको संलग्नता रहेको अनुसन्धान अधिकृतहरूको विश्लेषण छ । तीनवटै समूहका सहयोगी व्यक्तिहरू पक्राउ परे पनि मुख्य योजनाकरका बारेमा भने अनुसन्धान अधिकृतहरूले हालसम्म कुनै भेउ पाउन नसकेको स्रोतको दाबी छ । यस काण्डको अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभाग र सरोकारवाला सबै सरकारी निकाय बेखबर छन् ।

यद्यपि, छानबिनलाई तीव्रता दिइएकाले मुख्य योजनाकार पत्ता लाग्ने विभागका अधिकारीहरूको दाबी छ । तर, सुन तस्करी प्रकरणको घटना र त्यसअघिको अवस्थालाई समेत विश्लेषण गर्दा विभिन्न खाले प्रश्नहरू सिर्जना हुन पुगेका छन् । अनुसन्धान अधिकृतहरूकै विश्लेषणमा पनि सुन तस्करी निकै योजनाबद्ध रूपमा भएको देखिएको छ ।

विभागका अनुसन्धान अधिकृतहरूले यसअघि पनि ठुलो परिमाणमा सुन यसरी नै नेपाल भित्रिएको र सो सुन भारततर्फ गएको सुराक फेला पारिसकेको बताइएको छ । विभागका एक अनुसन्धान अधिकृतले नेपालसमाचारपत्रसँग भने–‘विभिन्न ठाउँमा छापा मार्दा देखिएका खोक्रा ब्रेक सु र अन्य यस्तै चीजहरूका कारण पछिल्ला दिनहरूमा ठुलो परिमाणमा सुन भित्रिएको र एयरपोर्ट हँुदै त्यो ठुलो परिमाणको सुन भारततर्फ गएको सहजै अनुमान लगाउन सकिन्छ । उनले त्यति ठुलो परिमाणको सुन नेपालको एयरपोर्ट हुँदै भारतको सीमासम्म पुग्दा पनि यसको बारेमा नेपालको प्रहरी प्रशासन तथा राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले कुनै पत्तो नपाउनु ठुलो चिन्ताको विषय भएको टिप्पणी पनि गरे ।

स्रोतका अनुसार केही महिनादेखि ब्रेक सुलगायत विभिन्न फलामे तथा अन्य धातु र सामानभित्र लुकाएर सुन ल्याउने र त्यसलाई नेपालको विमानस्थल हुँदै भारतमा लगेर तस्करी गर्ने क्रम जारी थियो । त्यस क्रममा ठुलो परिमाणको सुन तस्करी भएको र तस्कर समूहले माथिका उपाय लगाएर अरर्बौं मूल्यको सुन भारतमा लगेर बिक्री वितरण गरिसकेको विभागका अधिकृतहरूको आशंका छ ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार पनि २ साउनमा १ सय किलो तस्करीको सुन पक्राउ पर्नुअघि पनि रेडी ट्रेडर्सकै नाममा एक पछि अर्को गर्दै ठुलो परिमाणको सुनसहितको ब्रेक सु भित्रिएको देखिन्छ । यो तथ्य राजस्व अनुसन्धान विभागको टोलीले विभिन्न ठाउँमा छापा मार्दा देखिएका ब्रेक सुका खोक्राहरूले नै पुष्टि गरिदिएको छ । विभागका अनुसन्धान अधिकृतहरूका अनुसार तस्करहरूले २ साउनमा जसरी स्कुटरको ब्रेक सुभित्र लुकाएर ब्ल्याक कोटेड गरेर सुन ल्याए, त्यस अघि पनि ठ्याक्कै सोही प्रक्रियामार्फत सयौं किलो सुन भित्र्याएको हुनसक्ने देखिन्छ । यसअघि लगातार तस्करीको सुन विमानस्थलबाट फुत्काउन सफल हुँदै आइरहेको गिरोह २ साउनसम्म निकै उत्साहित भएको घटनाक्रमले पुष्टि गर्छ । उसले सो अवधिमा दुई महिनासम्म तीन चार दिनको विचमा कैयौ किलो सुन निरन्तर रूपमा ब्रेक सुमार्फत भित्र्याएको स्रोतको दाबी छ ।

राजस्व अनुसन्धान विभागमा रहेर कार्य गरिसकेका विभागका एक पूर्व महानिर्देशकले यो तस्करीमा चीन, नेपाल र भारतका तस्करहरूको संलग्नता रहेको र उनीहरूलाई केही राजनीतिक दलका जिम्मेवार नेताको समेत संरक्षण रहेको दाबी गरे । उनले नेपाल समाचारपत्रसँग भने – ‘सुन तस्करको गिरोह तथा मुख्य योजनाकार र त्यसको व्यवस्थापन गर्नेहरूसँग यहाको केही दलका उच्च नेताको समेत संलग्नता छ त्यसैले यो अनुसन्धानले मुख्य योजनाकार पत्ता लगाउन कठिन छ ।’ उनले अर्थ मन्त्राय, भन्सार विभाग र सुरक्षा निकायको गैरजिम्मवारीपनका कारण पनि सुन तस्करहरू उत्साहित बनेर त्यति ठुलो परिमाणको सुन ल्याएको र त्यसअघि त्योभन्दा निकै धेरै सुन नेपालको विमानस्थल हुँदै भारतमा लगेर बिक्री गरिएको दाबी पनि गरे ।

विमानस्थलको भन्सार कार्यालय जस्तो निकै संवेदनशील निकायका प्रमुखलाई दुई महिनासम्म बिदा दिइनुले पनि आशंकालाई पुष्टि गर्ने टिप्पणी गर्दै विभागका ती पूर्व महानिर्देशकले सुरक्षा निकायमाथि आशंका व्यक्त गरेका छन् । चीनबाट सुन ल्याएर नेपालको विमानस्थल हँुदै भारतीय सीमासम्म सुन पुग्दा नेपालको सुरक्षा संयन्त्र के हेरेर बस्छ भन्ने प्रश्नले यहाँको प्रहरी प्रशासन र सुरक्षा निकायको व्यावसायिक दक्षता र सूचना संयन्त्रका बारेमा समेत आंशका सिर्जना गरेको उहाँको भनाइ छ ।

विमानस्थल भन्सार कार्यालय, भन्सार विभाग र अर्थ मन्त्रालयको समेत नेतृत्वमा बसिसकेका एक पूर्व सचिवले समेत यो तस्करी सानोतिनो प्रयास र योजनामा हुनै नसक्ने ठोकुवा गर्दै भने– ‘विमानस्थल भन्सारबाट सय किलो सुन तस्करी भन्ने कुरा शुरूमा त मलाई पत्याउनै कठिन भयो । यसमा ठुलै कनेक्सन र योजना छ, सानोतिनो समूहले यस्तो कार्य गर्नै सक्दैन । ’

अझै सबैभन्दा आश्चर्यजनक कुरा त के देखिएको छ भने राजस्व अनुसन्धान विभागले पछिल्ला दिनमा जसरी सुन तस्कर र त्यसका मतियारहरू रहने स्थान पत्ता लगाइरहेको छ, ती सबै भीभीआईपी बस्ने भनेर चिनिएका ठाउँहरूमा रहेका छन् । प्रधानमन्त्री निवास बालुवाटार नजिकै एक चिनियाँ नागरिक बस्ने घरमासमेत राजस्व अनुसन्धान विभागले केही दिन अघि छापा मारी सुन गाल्ने उपकरणसमेत बरामद गरेको थियो । यो घटनापछि बालुवाटार क्षेत्रको सुरक्षा संयन्त्रमाथि समेत प्रश्न सिर्जना भएको छ । यसै गरी सुन तस्करीमा संलग्न रहेको भन्दै विभागको टोलीले कमलपोखरी, लाजिम्पाट, पानीपोखरी र ठमेलका विभिन्न घरमा समेत छापा मारेर विभिन्न समानहरू बरामद गरेको छ ।

स्रोतका अनुसार सुन तस्करी भएकै दिन घटना सार्वजनिक भएलगत्तै सो घट्नामा संलग्नहरू भन्दै संलग्न नभएका केही व्यक्तिहरूलाई देखाउन खोजिएको थियो । जसका कारण पनि वास्तविक दोषीहरू उम्कन सक्ने भय बढेको थियो । शुरूदेखि नै शंकाको घेरामा परेका व्यापारी राकेश अदुकियाको घरमा पनि विभागको टोलीले निकैपछि मात्रै छापा मारेको थियो । त्यतिबेलासम्म अदुकियाले सबै प्रमाण लुकाइसकेको बताइएको छ ।

स्रोतका अनुसार यस तस्करीमा चिनियाँ नागरिकसँग बढी उठबस हुने नेपालका केही राजनीतिक दलका नेताहरूको समेत संलग्नता रहेको हुनसक्ने भएकाले विभागले त्यस सम्बन्धमा समेत अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

सुन तस्करी प्रकरणका सात अनुत्तरित प्रश्नहरू

१. साउन २ गते तस्करीको सुन पक्राउ परेसँगै विभिन्न घटनाक्रमले त्यसअघि पनि ठुलो परिमाणको सुन नेपालको विमानस्थल हुँदै भारतको सीमासम्म पुगेको देखिन्छ । विमानस्थल, काठमाडौंबाट भारतको सीमाक्षेत्रसम्म तस्करीको ठुलो परिमाणको सुन पुग्दा पनि यहाँको प्रहरी प्रशासन तथा सुरक्षाका सबै संयन्त्रहरू किन बेखबर बने रु

२.त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका प्रमुख अरुण पोखरेललाई किन लामो समयसम्म बिदामा राखियो रु

३. भन्सार विभाग र अर्थ मन्त्रालयबाट सीसीटिभीमार्फत विमानस्थल भन्सार कार्यालयको किन निरन्तर अनुगमन र निगरानी हुन सकेन रु

४.सुन तस्करमा संलग्नहरूलाई भीभीआईपीहरू बस्ने ठाउँनजिकै तथा काठमाडौंका मुख्य ठाउँहरूमा सेल्टर बनाउन केले उत्प्रेरित ग¥यो रु

५.राजस्व अनुसन्धानका अधिकारीहरूले शुरूदेखि नै शंकाको घेराभित्र रहेकाहरूको घरमा छापा मार्न किन ढिलाइ गरे रु

६. संवेदनशील मानिने विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुनचन्द ठकुरी पनि सुन तस्करीको अप्रेसन गर्दैगर्दा किन बिदामा बसे रु वा किन बिदा दिइयो रु

७.यो अनुसन्धानलाई सरकारका सरोकारवाला सबै निकायको समन्वयबाट किन परिचालित गर्न सकिएको छैन रु

यसरी भित्रिएको थियो ठुलो परिमाणको ब्रेक सु

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको अभिलेखअनुसार यसअघि रेडी ट्रेडर्सकै नाममा एक पछि अर्को गर्दै ठुलो परिमाणमा सुनसहितको ब्रेक सु भित्रिएको देखिन्छ । जसअनुसार रेडीकै नाममा मे २४ तारिखमा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो ।

त्यसै गरी जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु ल्याइएको थियो ।

विमानस्थल भन्सारको अभिलेखअनुसार रेडी ट्रेडर्सका नाममा मे १७ मा ६६ केजी, मे २१ मा ६६ केजी, मे २४ मा ६६ केजी, मे २६ मा ५२ केजी सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ केजी, जुन ७ मा ६६ केजी, जुन १२ मा ६६ केजी, जुन १६ मा १ सय २ केजी, जुन १९ मा ६६ केजी, जुन २२ मा ९९ केजी, जुलाई ९ मा ३३ केजी, जुलाई १८ मा ३२ केजी सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो ।

१.सुन तस्करीका लागि प्रयोग गरिएको खोक्रा ब्रेक सुु
२. ब्रेकसुका प्याकेट जहाँभित्र सुन राखिएको थियो । समाचारपत्र

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);