ओलीको शंका– क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

ओलीको शंका– क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विमानस्थलबाट क्विन्टल बढी सुन भित्राउने प्रकरणमा सरकारकै मुख्य मान्छेको मिलेमतो रहेको शंका व्यक्त गर्नुभएको छ ।

बाँकेको नेपालगञ्जमा शनिवारदेखि शुरु भएको लुम्बिनी प्रदेशका सबै तहका जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले नैतिक जिम्मेवारी नलिएसम्म आफूहरूले यो विषयलाई सेलाउन नदिने चेतावनी दिनुभयो ।

सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाबिना यति ठूलो परिणाममा सुन भित्रन नसक्दे भन्दै उहाँले एक दुई वस्तु लिएर आउँदा पटक पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो भनेर प्रश्न गर्नुभयो । अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सय किलो सुन विना सुइँको छिर्नु चानचुने कुरा नभएको अध्यक्ष ओलीको टिप्पणी थियो ।

उहाँले यो घटनाले वर्तमान सरकार भ्रष्टाचार लुकाउने प्रयास गरिरहेको र सुशासनको पक्षमा नरहेको प्रष्ट हुने जिकिर गर्नुभयो । अहिलेको सरकारमा राष्ट्रप्रतिको जिम्मेवारी बोध नभएकाले जनता खुशी नभएको अध्यक्ष ओलीको भनाइ थियो ।

उहाँले संस्थाको हितमा काम गरेर बेरूजु नहुने गरी काम गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो । एमाले पार्टीको मिसन ८४ लाई कसरी सफल बनाउने तिर ध्यान दिन अध्यक्ष ओलीले पार्टी कार्यकर्तालाई दिनुभयो । २ दिन चल्ने प्रशिक्षणमा लुम्बिनी प्रदेशका १२ जिल्लाका तीनै तहका ५ सय जनप्रतिनिधिहरूको सहभागिता रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);