एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैनः विश्वप्रकाश शर्मा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि छैनः विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा एमाले युवा नेताहरुको हैसियत ‘दुनामा खाएर कुनामा बस्ने’ सरह पनि नभएको बताउनुभएको छ ।

नेपाली काँग्रेस काठमाडौं क्षेत्र नम्बर ९ (क) प्रदेश कार्य समितिले शनिवार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले सो टिप्पणी गर्नुभएको हो । काँग्रेसका युवाहरुले आफ्नो सन्देश दिनका लागि पार्टी सभापति शेरबहादुर देउवासँग संसदीय दलको नेतामा मुस्कुराएर प्रतिष्पर्धा गर्ने आँट गरेपनि एमालेका युवाहरुमा पार्टी अध्यक्ष केपी ओलीसँग प्रतिष्पर्धाका लागि साहस गर्ने आँट नभएको महामन्त्री शर्माको प्रतिक्रिया थियो । उहाँले एमालेका युवाहरुलाई पनि संसदीय दलको चुनावमा कमरेड केपी ओलीसँग प्रतिस्पर्धा गर्ने आँट गर्न सुझाव दिँदा उनीहरुबाट आफूहरुको अवस्था भनेको ‘कुनामा बस्ने, दुनामा खाने’ जवाफ पाएको बताउनु भयो । तर काँग्रेसका युवाहरुले भने गगन थापालाई संसदीय दलमा हारिन्छ भन्ने थाहा हँुँदाहुँदै उम्मेदवारी दिन लगाएर युवाहरु पनि पार्टीमा छौं भन्ने सन्देश दिइएको स्पष्ट पार्नुभयो । उहाँले अब काँग्रेसबाट सिको गर्दै सबै राजनीतिक दलहरुले पार्टीका बैठकहरु लाईभ गर्ने दावी समेत गर्नुभयो ।

महामन्त्री शर्माले भन्नुभयो, ‘लाईभ हुुनु ठूलो कुरा होइन । अब सबै दलको बैठक लाईभ होला । काँग्रेसले शुरु ग¥यो । अरुतिर पनि दबाब पर्ला । तर प्रश्न के हो भने काँग्रेसको लाईभ भएर भएजस्तै हाम्रो मुख्य प्रतिस्पर्धी दलको लाईभ हुँदै गर्दा त्यहाँ उभिएर कसैले अध्यक्षज्यु भनेर यसरी प्रश्न गर्ने शाहस राख्ला ? मैले त एमाले पार्टीका हाम्रो उमेरका साथीहरुलाई भने–ए कमरेड, पाको नेताहरु पनि छँदै हुनुहुन्छ । युवाहरु हामी पनि छौं भनेर यसो संसदीय दलमा खडा भएको भएको हुन्थ्यो नि । हामी त सभापति देउवालाई जित्नुहुन्छ भन्ने थाहा थियो संसदीय दलमा । तर पनि युवाहरु छौं है हामी भन्ने सन्देश दिनका लागि गगन थापा उम्मेदवार बन्नुपर्छ भनेर खडा भएर हामी त प्रतिष्पर्धा ग¥यौ त । शेरबहादुर देउवा र गगन थापासँगसँगै मुस्कुराउँदै उम्मेदवारी दर्ता गराउनु भयो त । हाम्रो त यस्तो छ त लोकतान्त्रिक गतिविधि मुस्कुराउँदै । तपाईहरुले चाँही किन नगर्नु भएको ? केपी कमरेड अब तपाई होइन, हामी भनेर कोही उभिएको भए हुन्थ्यो नि भन्दा एक जना मित्रले के भन्नुभयो भने होइन यार, काँग्रेसमा जस्तो हाम्रो कहाँ छ र ? हाम्रो त कुनामा बस्ने, दुनामा खाने । हाम्रो त यस्तो अवस्था छ । त्यसैले मैले के भनेको भने यो प्रतिस्पर्धालाई साथीहरुले नराम्रो मान्न हुँदैन ।’

महामन्त्री शर्माले काँग्रेसले २०८४ सालमा आउने निर्वाचनको चिन्ता नगर्ने तर सो निर्वाचनमा जनतामा जाने गरी काम गर्ने बताउनु भयो । निर्वाचनलाई परीक्षासँग तुलना गर्दै उहाँले परीक्षामा उर्तीण हुन पढनु पर्ने भएकाले काँग्रेसले सो परीक्षामा सफल हुने गरी जनताको पक्षमा काम गर्ने कुरलाई जोड दिने उहाँले बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);