माओवादी पदाधिकारी बैठक सुरु,गृहबारे छलफल हुने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

माओवादी पदाधिकारी बैठक सुरु,गृहबारे छलफल हुने

काठमाडौं, १७ माघ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक सुरु भएको छ । बैठक  पार्टी केन्द्रिय कार्यालय पेरीसडाँडामा सुरु भएको हो । सोमवारबाट शुरु भएको पदाधिकारी बैठकमा आज पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयका साथै गृहमन्त्रालय र राष्ट्रपतिका बारेमा पनि छलफल हुने बताइएको छ ।

आज मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले गृहमन्त्रालय नदिए सरकारबाट बाहिरिने चेतावनी दिएका छन् । आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका लामिछानेले गृह मन्त्रालयको दिन आग्रह गरेका हुन् । आइतबार पनि रवि प्रचण्डलाई भेट्न बालुवाटार पुगेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);