बैठक अघि रवि लामिछानेले भेटे प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बैठक अघि रवि लामिछानेले भेटे प्रधानमन्त्री

काठमाडौं, २२ माघ । सरकारबारे निर्णय लिन रास्वपाको बैठक आज पनि बस्दैछ । बैठक बस्नुअघि अध्यक्ष रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका छन् । लामिछाने दाहाललाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

प्रधानमन्त्री दाहाल र लामिछानेबीच गृहमन्त्रालयबारे छलफल भएको बुझिएको छ । रास्वपाले गृहमन्त्रालय आफैले पाउनुुपर्ने माग राखेपनि दाहालले भने अन्य मन्त्रालय रोज्न आग्रह गरेको स्रोतले जनाएको छ ।
शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा बस्ने वा छाड्ने कुनै निर्णय लिन नसकेपछि सरकारबारे निर्णय लिन आज बैठक बस्न लागेको हो ।

पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिएको थियो । उक्त समय शनिबार सकिएपछि रास्वपाले कस्तो निर्णय गर्ला भन्ने आम मानिसको चासोको विषय बनेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);