मैले सिधाकुरा नगरेको धेरै भएछ : रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मैले सिधाकुरा नगरेको धेरै भएछ : रवि लामिछाने

काठमाडौं, २२ माघ । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले  पार्टीको बैठकले आज ठोस निर्णय लिने बताएका छन् । उनले बैठक सम्पन्न भएपछि पार्टी कार्यालयबाट आज विषेश पत्रकार सम्मेलन आयोजना गर्ने पनि जानकारी दिएका छन् ।

अध्यक्ष लामिछानेले आजको पत्रकार सम्मेलन सिङ्गो देश र विदेशमा रहने सबैलाई हेर्नसमेत आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘पार्टीको बैठकले आज ठोस निर्णय लिन्छ त्यो आफ्नै ठाउँमा छ। त्यस लगत्तै पार्टी कार्यालय बाट आज म विषेश पत्रकार सम्मेलन गर्दैछु। म चाहन्छु सिङ्गो देश र विदेशमा रहनुहुनेहरु सबैले आजको पत्रकार सम्मेलन हेरुन्, सुनुन्। मैले सिधाकुरा नगरेको धेरै भएछ।’

सरकारबारे निर्णय लिन रास्वपाको शनिबार बसेको केन्द्रीय समितिको बैठकले सरकारमा बस्ने वा छाड्ने कुनै निर्णय लिन सकेन । सरकारबारे निर्णय लिन बैठक आज पनि बोलाइएको छ । पार्टीको आजको बैठक साढे ११ बजे बस्ने बुझिएको छ । शनिबारको बैठकमा नेताहरुले आफ्नो धारणा राख्नेक्रम नसकिएपछि आज पनि बैठक बोलाइएको पार्टीले जनाएको छ ।

पार्टीको बिहीबार बसेको बैठकले पार्टीको मागबारे निर्णय लिन प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डलाई दुई दिनको समय दिएको थियो । उक्त समय शनिबार सकिएपछि रास्वपाले कस्तो निर्णय गर्ला भन्ने आम मानिसको कौतुहलता थियो । तर शनिबार बसेको आकस्मिक बैठकले कुनै निर्णय गर्न सकेन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);