कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने, माओवादीकी अर्याल निर्विरोध हुने सम्भावना | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने, माओवादीकी अर्याल निर्विरोध हुने सम्भावना

काठमाडौं, २२ माघ । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ । आज बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । उपाध्यक्षमा सत्तागठबन्धनबाट माओवादी केन्द्रका स्थायी कमिटी सदस्य उर्मिला अर्याललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

कांग्रेसले पनि आफ्नो उम्मेदवारी नदिएर माओवादीको उम्मेदवार अर्याललाई सघाउने सम्भावना देखिएको छ । योसँगै राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी अर्याल् निर्विरोध चयन हुने देखिएको छ । नेकपा एमालेले पनि माओवादीलाई नै सघाउने भएको छ । अध्यक्षमा एमालेकै गणेश तिमिल्सिना छन् । राष्ट्रियसभामा हाल ५८ सांसद छन् । उपाध्यक्ष जित्न २९ मत भए पुग्छ । अध्यक्षले मतदान गर्न नपाउने व्यवस्था छ ।

राष्ट्रियसभामा एमालेबाट अध्यक्षबाहेक १७ सांसद, माओवादीका १६ सांसद, नेपाली कांग्रेसको ११,नेकपा एसको ७, लोसपाको १ र राष्ट्रिय जनमोर्चाको एक, जसपाका ३ र वामदेव गौतम सांसद रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);