कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार उठाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार उठाउने

काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसको आज बसेको संसदीय दल कार्य समितिको बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बसेको थियो । पार्टीले उपाध्यक्षमा उम्मेदवार दिने र अन्य दलसँग पनि छलफल गरेर अघि बढ्ने निर्णय गरेको छ । आजै माघ २६ गते संसदीय दलको बैठक बोलाउने निर्णय भएको छ ।

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेबीच एकको सम्भावना रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);