आज राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

आज राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता

काठमाडौं, २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्षका लागि भोलि निर्वाचन हुदैछ । राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्याकाल सकिएपछि रिक्त रहको उक्त पदमा आइतबार मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवनमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ । आजै उम्मेदवारको नाम प्रकाशन हुनेछ । उपाध्यक्षका लागि सत्तापक्ष र प्रतिपक्षी दल कसैले पनि उम्मेदवार तय गरेका छैनन् ।

नेपाली कांग्रेसले उम्मेदवार दिने घोषणा गरेपनि नाम भने सार्वजनिक गरेको छैन् भने सत्तारुढ गठबन्धनले पनि उम्मेदवारको नाम सार्वजनिक गरेको छैन् । राष्ट्रियसभाको उपाध्यक्षमा साझा उम्मेदवार छान्न विपक्षी दलहरुको बैठक बस्दैछ ।

हिजो शनिबार कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो । उक्त छलफललाई निष्कर्षमा पु¥याउन आज कांग्रेसको पुनः बैठक बस्दैछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);