कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ९ बजे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ९ बजे

काठमाडौँ, १९ माघ । नेपाली कांग्रेसको आज संसदीय दल कार्य समितिको बैठक बस्दैछ ।   विहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बैठक बोलाइएको हो ।

बैठकमा राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार तय गर्ने जनाइएको छ । संसदीय दलको कार्यसमितिमा दलका नेता, प्रमुख सचेतक र पार्टीका दुवै महामन्त्री रहने व्यवस्था रहेको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन यही माघ २३ गते सोमबार हुने भएको छ । राष्ट्रियसभाकी तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल २०७८ फागुन २० गते सकिएसँगै रिक्त पदमा निर्वाचन हुन लागेको हो ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवारी दिने छ । उपाध्यक्षका लागि माओवादीभित्र उर्मिला अर्याल र गंगा बेल्बासेबीच एकको सम्भावना रहेको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);