बागमतीमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बागमतीमा राष्ट्रियसभा निर्वाचनको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

हेटौंडा । आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको उम्मेदवारहरुलाई हेटौंडा स्थित प्रदेश निर्वाचन कार्यालयले चुनाव चिन्ह प्रदान गरेको छ । आईतबार निर्वाचन कार्यालयले आफ्नो निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन संगै आजै उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।

चुनाव चिन्ह लिन नेकपा एमालेले आफ्नो प्रतिनिधीको रुपमा सन्तोष पौडेल र कुमार केसीलाई पठाएको थियो भने एमाले आफनै पार्टी चिन्ह सुर्य चिन्ह पाएको छ । एमालेको तर्फबाट गोपाल शाख्य र महिला तर्फ निर कुमारी कुवरले उम्मेदारी दर्ता गराउनु भएको थियो ।

यस्तै गठबन्धनबाट नेकपा समाजवादीकी उम्मेदवार गोमादेवी तिमल्सिनाले पनि आफनै पार्टी चिन्ह कलम र नेपाली कांग्रेसले रुख चुनाव चिन्ह प्राप्त गरेको छ । नेपाली कांग्रेसलेको तर्फबाट कृष्ण प्रसाद पौडेलले उम्मेदारी दिएका थिए । यस्तै नेपाल मजदुर किसान पार्टीले मादल चुनाव चिन्ह प्राप्त गरेको छ ।

नेमकिपाको तर्फ बाट गिता काफ्ले र कृष्ण बहादुर तामाङले उम्मेदवारी दिएका थिए । राष्ट्रियसभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । राष्ट्रियसभाको निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमाले बिच प्रतिस्पर्धा हुने देखिएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेका छ । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् ।

कुल ११९ स्थानी तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जना मध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै प्रदेशसभाका कुल ११० जना सदस्य मध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);