राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि थापा र देवकोटाको उम्मदेवारी दर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि थापा र देवकोटाको उम्मदेवारी दर्ता

काठमाडौं।  वाग्मती प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेबाट गृहमन्त्री रामबहादुर थापा र स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको उम्मदेवारी परेको छ ।

वाग्मती प्रदेशको राजधानी हेटौंडास्थित निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार गृहमन्त्री थापा र देवकोटाले उम्मेदवारी दर्ता गराएको हो ।

थापाको उमेदवारी प्रस्तावमा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत रहेको छिन्। स्वतन्त्र उम्मेदवार देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधव नोपल समूहको समर्थन रहेको छ ।

नेकपा एमालेले जेठ ६ गते हुने राष्ट्रियसभा उप निर्वाचनका लागि गृहमन्त्री रामबहादुर थापा बादललाई नै उम्मदवार बनाउने निर्णय शुक्रबार नै गरेको हो । शुक्रबार बिहान बालुवाटारमा बसेको एमाले बैठकले बादललाई उम्मेद्वार बनाउने निर्णय गरेको हो ।

बैठकको निर्णय लगत्तै गृहमन्त्री थापा हेलिकोप्टर चढेर वागमती प्रदेशको राजधानी हेटौंडा पुगेर उमेदवारी दर्ता गराएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);