विपक्षी दलले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेद्वारी आइतबारसम्ममा टुङ्गो लगाउने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

विपक्षी दलले राष्ट्रिय सभा उपाध्यक्षको उम्मेद्वारी आइतबारसम्ममा टुङ्गो लगाउने

काठमाडौं । सङ्घीय संसदा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवारी आइतबारसम्ममा टुङ्गो लगाउने भएका छन् ।

सिहदरबास्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा आज बिहान बसेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेतासम्मिलित बैठकले उम्मेदवारी आइतबार टुङ्गो लगाउने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सङ्घीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रही सल्लाह र छलफल भएको जानकारी दिनुभयो । उहाँका अनुसार आज उम्मेवारीका सम्बन्धमा कुराकानी र विश्लेषण भएको र आइतबारसम्ममा यस सम्बन्धमा टुंगो लगाइने छ ।

राष्ट्रिय सभाको उपाध्यक्षका लागि आइतबार मनोनयन र सोमबार निर्वाचन हुँदैछ । बैठकमा राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा के–कसो गर्ने भन्नेबारे छलफल भएको बताइएको छ । सबैपक्षको कुरा बुझेर एउटा टुङ्गोमा पुग्ने सहमति भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);