एमालेकी सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

एमालेकी सांसद भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित

काठमाडाैं । नेकपा (एमाले)की सांसद लिलाकुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
सोमवार बसेको राष्ट्रिय सभा बैठकमा सांसद प्रेमप्रसाद दंगालले सांसद भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सर्वसम्मतिले पारित भएको हो ।

भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष निर्विरोध निर्वाचित हुनुभएको राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले घोषणा गर्नुभयो । त्यस अवसरमा उहाँले नवनिर्वाचित उपाध्यक्ष भण्डारीलाई बधाई दिँदै कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभयो।

एमाले सांसद भण्डारी, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)लगायतका सबै दलहरुको सहमतीमा उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित हुनु भएको हो । उहाँले संविधान सभा सदस्य र शिक्षा, विज्ञान तथा प्रविधिराज्यमन्त्रीको जिम्मेवारी समेत सम्हालि सक्नुभएको छ ।

Leave a Reply