राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

राष्ट्रिय सभा उपाध्यक्षमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा आज

काठमाडौं, २३ माघ । नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी छिन् । आज दिउँसो १२ बजे राष्ट्रिय सभा बैठकबाट उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा गरिदैछ ।

आइतबार भएको उम्मेदवारी दर्ताको दिन दलहरुको तर्फबाट अर्यालको मात्र उम्मेदवारी परेसँगै उनी निर्विरोध भएकी हुन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिएर माओवादीकी अर्याललाई सघाएको थियो ।
यसअघि उपाध्यक्ष रहेकी शशीकला दाहालको चार वर्षे कार्यकाल २०७८ सालमै सकिएपछि उक्त पद रिक्त थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);