एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

एमाले केन्द्रीय कमिटी बैठक माघ २९ गते

काठमाडौं, २३ माघ । नेकपा (एमाले)ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको बैठक तुल्सीलाल स्मृति प्रतिष्ठानमा माघ २९ र फागुन १ गते बस्ने तय भएको छ । सत्ता गठबन्धनमा समस्या आएपछि बोलाएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति निर्वाचनबारे छलफल हुने जनाइएको छ ।

सात दलीय सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल एमालेले राष्ट्रपति पाउने सहमतिअनुसार माओवादीलाई प्रधानमन्त्रीमा समर्थन गरेको एमालेको दाबी भएपनि प्रधानमन्त्रीले भने राष्ट्रपति कसैलाई दिने सहमति नभएको अभिव्यक्ति दिँदै आएका छन् । नेकपा माओवादी केन्द्रले भने साझा सहमतिको राष्ट्रपति बनाउने निर्णय गरेर सबै दलसँग छलफल चलाएको छ ।

आइतबार नै सरकारमा रहेको गठबन्धनको तेस्रो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);