दाहाल–नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

दाहाल–नेपाल पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं, १८ माघ । नेकपाको प्रचण्ड–नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय कमिटीको बैठक सोमबार बिहान ११ बजे कार्की बैक्वेटमा बस्नेछ । केन्द्रीय कमिटीको बैठकमा पार्टीको आगामी रणनीति र समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

गत पुस ५ मा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्र्रतिनिधि सभा भंग गर्नुभएको थियो । प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाली पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

फलस्वरुपः सत्ताधारी दल वैचारिक हिसावले स्पष्ट रुपमा दुई कित्तामा विभाजन भएको छ । तर निर्वाचन आयोगले नेकपा विभाजन नभएको भनेर निर्णय गरेपछि प्रचण्ड–नेपाल पक्षले पहिलो पटक केन्द्रीय कमिटी बैठक बोलाएको हो ।

निर्वाचन आयोगले ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी नै नेकपाको आधिकारीक हुने निर्णय गरेको थियो । ४ सय ४१ जनामध्ये आफूहरूसँग २ सय ९७ जना केन्द्रीय सदस्य रहेको प्रचण्ड–नेपाल पक्षले दाबी गर्दै आएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);