नेकपाका दुवै पक्षले बोलाए केन्द्रीय कमिटी बैठक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नेकपाका दुवै पक्षले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं, ७ पुष । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा दुवै पक्षले आज केन्द्रीय कमिटी बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनुभएको छ भने प्रचण्ड र माधव नेपाल समूहको बैठक दिउँसो बबरमहलमा रहेको कार्की ब्याङ्केटमा बोलाइएको छ ।

प्रचण्ड–नेपाल समूहले आइतबार नै स्थायी कमिटीको बैठकबाट निर्णय गराएर ओलीलाई अनुशासनको कारवाही गर्ने प्रस्ताव ल्याउने बताएको छ भने ओली समूहले पनि प्रचण्ड–नेपाल समूहलाई कारवाहीको तयारी गरेको बताइएको छ ।

नेकपामा ४ सय ४१ केन्द्रीय सदस्यहरु रहेका छन् । चुनावी गठबन्धन गर्दै २०७५ साल जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता घोषणा गरेर नेकपा गठन भएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);