निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

निर्वाचन आयोगले उमेश श्रेष्ठको माग पुरा नगर्ने

काठमाडौं, २२ माघ । निर्वाचन आयोगले चितवन–२ मा उपनिर्वाचन गर्ने बताएको छ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा सो क्षेत्रबाट निर्वाचित रवि लामिछानेको पद खारेज भएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई विजेता घोषणा गर्न माग गर्दै दिएको निवेदनमा आयोगले उनको माग पुरा गर्न नसक्ने स्पष्ट पारेको हो ।

आयोगले सो क्षेत्रमा उपनिर्वाचनबाटै सांसद चयन गर्ने तयारी थालेको छ । पद रिक्त रहेको अवस्थामा उपनिर्वाचनबाटै नै पुर्ति गर्ने कानुनी व्यवस्था रहेको आयोगको भनाइ छ । गत चुनावमा लामिछाने, श्रेष्ठसँगै १६जना उम्मेदवारहरु प्रतिस्पर्धामा र्थि ।

श्रेष्ठले आइतबार आफ्नो ‘स्वत विजयी’को माग गदै आयोगमा आज निवेदन दर्ता गर्ने भएका हुन् । तत्कालिन सत्तागठबन्धनको साथ पाएका श्रेष्ठ लामिछानेसँग ३४ हजार मतान्तरले पराजित भएका थिए । उनले १४ हजार ९८८ हजार मत मात्रै प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सो क्षेत्रमा छिटो उपनिर्वाचनको माग गरेको छ ।

 

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);