उमेश श्रेष्ठ ‘स्वतः विजयी’घोषणाको माग गर्न निर्वाचन आयोग जाँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

उमेश श्रेष्ठ ‘स्वतः विजयी’घोषणाको माग गर्न निर्वाचन आयोग जाँदै

काठमाडौं, २२ माघ । गत मंसिर ४ गते सम्पन्न भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित रवि लामिछानेको पद खारेज भएपछि दोस्रो भएका नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठ निर्वाचन आयोग जाने भएका छन् ।

लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले सांसद पदसमेत खारेज गरेपछि श्रेष्ठले आफ्नो ‘स्वत विजयी’को माग गदै आयोगमा आज निवेदन दर्ता गर्ने भएका हुन् । उनले आज साढे ११ बजे आयोग जाने स्रोतले जनाएको छ । श्रेष्ठको सचिवालयको अनुसार आजै दिउँसो २ बजे हिमालय होटेलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ ।

तत्कालिन सत्तागठबन्धनको साथ पाएका श्रेष्ठ लामिछानेसँग ३४ हजार मतान्तरले पराजित भएका थिए । उनले १४ हजार ९८८ हजार मत मात्रै प्राप्त गरेका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीले भने सो क्षेत्रमा छिटो उपनिर्वाचनको माग गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);