गृहमन्त्रालय पाउन रविलाई सकस | ईमाउण्टेन समाचार

Our Network

वैशाख ६ २०८१, बिहीबार

गृहमन्त्रालय पाउन रविलाई सकस

काठमाडौं, १६ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार बालकोट पुगे । नागरिकता पुनः प्राप्ति गरेसँगै लामिछाने गृहमन्त्रीमा पुनबहालीको माग गर्न ओली निवास पुगेका थिए । त्यसअघि उनले पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट गरेका थिए ।

आइतबार बालुवाटारमा भएको भेटघाटमा लामिछानेसहित सञ्चार मन्त्री रेखा शर्मा, अर्थमन्त्री विष्णु पौडेललगायतको उपस्थिति थियो । गृहमन्त्री दिन ओली सकरात्मक भएपनि प्रचण्ड नभएपछि लामिछाने बालकोट पुगेको बुझिएको छ । प्रचण्ड लामिछानेलाई तत्कालै गृह मन्त्रालय दिन खोजेका छैनन् । गृह आफैले सम्हालेका छन् । गृह रास्वपाले दाबी गरिरहेको बेला सोही विषयमा छलफल गर्न आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दैछ ।

लामिछानेविरुद्दको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने शुक्रबार फैसला गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो ।

लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको थियो । उनले आइतबार नागरिकता पुनःप्राप्ति गरेका हुन् । चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए । File Photo

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);