रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

रवि लामिछाने प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने बालुवाटार पुगेका छन् ।

लामिछाने आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ताका लागि पुगेका हुन् । उनीहरुबीच अदालतको निर्णयपछि उपनिर्वाचन र गृहमन्त्रालयलगायतका विषयमा छलफल भएको जनाइएको छ । आइतबार पनि लामिछानेले प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए ।

सत्तारुढ दल नेकपा एमालेले रास्वपालाई गृह मन्त्रालय दिनुपर्छ भनिरहँदा प्रधानमन्त्री दाहाललाई आफ्नै पार्टीबाट भने सो मन्त्रालयल आफैले राख्नुपर्ने दबाब आएको छ ।

विदेशी नागरिकता त्यागेपनि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेकोले गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको सांसद पदसमेत नरहने गरि अन्तिम फैसला गरेको थियो । रास्वपाले सत्तागठबन्धनको भागवण्डामा आफुले पाएको गृहमन्त्रालय फेरी पाउनुपर्ने दाबी गरिरहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);