सत्ता साझेदारीका लागि को को पुगे बालकोट | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

सत्ता साझेदारीका लागि को को पुगे बालकोट

काठमाडौं, १० पौष । सत्ता गठबन्धन लगभग टुटेलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्णायक शक्ति बनेका छन् । उनको बालकोटस्थित निवासमा नेताहरुको चलहलपहल बढेको छ ।

गठबन्धन टुटेको घोषणा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सिधै बालकोट पुगे । त्यहाँ उनले ओलीसँग संवाद गरेका छन् । ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा नेता अशोक राईलाई बोलाए । उनीहरु बालकोट पुगेर छलफलमा व्यस्त छन् ।

अब काँग्रेसलाई बाहिर राखेर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदहरुको बाँटफाँटबारे छलफल केन्द्रित छ ।

यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री छाड्न अस्वीकार गरेपछि प्रचण्ड धोका दिने भन्दै निस्किएका थिए । काँग्रेसले राष्ट्रपतिमा अडान छाडेन । उसले आलोपालोमा सुरुको दुई वर्ष प्रधानमन्त्री पनि दाबी गर्यो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);