यसरी पुग्न सक्छ एमालेसहित 'नयाँ गठबन्धन' लाई बहुमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

यसरी पुग्न सक्छ एमालेसहित ‘नयाँ गठबन्धन’ लाई बहुमत

काठमाडौं, १० पौष । प्रधानमन्त्रीका लागि मुख्य दलका नेताबीच रस्साकस्सी चल्दा नयाँ घटना विकास भएको छ । सत्ता गठबन्धन लगभग टुटेको छ । योसँगै नयाँ गठबन्धन निर्माणको पहल भएको छ ।

बालुवाटारमा नयाँ गठबन्धन बनाउन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जसपाका नेताहरुबीच छलफल जारी छ । यी दल मिलेमा बहुमत पुग्न सक्छ ।

एमालेसँग ७८, माओवादीसँग ३२, रास्वपासँग २० र जसपासँग १२ सांसद छन् । यसबाहेक केही स्वतन्त्र सांसद पनि प्रचण्डको साथमा भएकाले स्पष्ट बहुमत पुग्छ । नयाँ गठबन्धनको प्रयास गरेका ४ दल मिलेमा मात्र पनि १४२ सांसद संख्या पुग्छ । यो संख्या बहुमतका लागि पर्याप्त संख्या हो ।

नयाँ गठबन्धन बनेमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख जस्ता महत्वपूर्ण पदहरुको पनि बाँडफाँट हुनसक्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);