प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रचण्डलाई प्रधानमन्त्री बनाउन ओली सहमत

काठमाडौं, १० पौष ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका छन् । आज ओलीनिवास बालकोटमा बसेको बैठकपछि ओली सहमत भएसँगै नयाँ गठबन्धन बनेको छ ।

शनिबारमात्र ओलीले प्रचण्ड प्रधानमन्त्री बन्नै नसक्ने जिकिर गरेका थिए । त्यसको भोलिपल्टै नयाँ गठबन्धन बनाउने सहमतिसँगै ओली प्रचण्डको पक्षमा उभिएका हुन् ।

नयाँ गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी पनि सहभागी हुने बुझिएको छ । यो गठबन्धनसँग सरकार निर्माणका लागि बहुमत छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);