सिके राउत बालकोटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

सिके राउत बालकोटमा

काठमाडौ १० पौष ।   नयाँ सरकार गठनको प्रयास भइरहेको बेला बालकोटमा जारी बैठकमा जनमत पार्टीका अध्यक्ष सिके राउत एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट पुगेका छन् ।

दलका नेताहरूले बालकोटबाटै बैठकमा सहभागी हुन आग्रह गरेका थिए । त्यसपछि उनी बालकोट पुगेका हुन् । राउत नेतृत्वको जनमत पार्टीसँग ६ सांसद छन् ।
बालकोटमा एमालेसहित माओवादी, राप्रपा, रास्वपाका अध्यक्षहरुबीच छलफल अहिले पनि जारी छ ।

संविधानको धारा ७६ (२) बमोजिम आइतबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा दाबी पेस गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले समय दिएकी छिन् ।
दुई वा सोभन्दा बढि दलहरुबीच गठबन्धन गरेर बहुमतको सरकारमा दाबी पेस गर्न दिइएको समयावधी सकिनै लाग्दा दलहरुले प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई बाहिर राखेर फरक समीकरण बनाउने कसरतमा लागेका हुन् ।

कांग्रेसलाई बाहिर राखेर सरकार गठन गर्दा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले पाँच दलको गठबन्धनलाई पहिलो प्राथमिकतामा राखेर सरकार निर्माणको प्रयास थालेका हुन् ।
हाल प्रतिनिधिसभा (२७३) मा सरकार गठनका लागि १३७ सिट आवश्यक पर्छ । कांग्रेस (८९) लाई बाहिर राखेर एमाले (७८), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२०) र राष्ट्रिय प्रजातन्त्र पार्टी (१४) मिल्दा १४४ सिट पुग्छ । त्यसमा जसपा र नेकपा एकीकृत समाजवादी थपिए १६६ सिट पुग्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);