सांसद बनेपछि काठमाडौंमा डेरा खोज्दै सिके राउत | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

सांसद बनेपछि काठमाडौंमा डेरा खोज्दै सिके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ काठमाडौंमा डेरा खोज्न थालेका छन् ।

४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट ल्याएको थियो  ।  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको छ । सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घर र डेरा खोजिरहेको सामाजिक सञ्जालमार्फत जनाएका हुन् । ‘काठमाडौं बस्न डेरा र घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।

उनले घ्याम्पेडाँडास्थित पाइलट बाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’

जनमत सरकारमा गएपनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);