आफ्नै निर्णयले डुबाउने भयो प्रचण्डलाई | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

आफ्नै निर्णयले डुबाउने भयो प्रचण्डलाई

काठमाडौं, १० पुष । नेकपामा यसबेला प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का नेता प्रचण्ड तथा माधव नेपाल पक्ष कुन आधिकारिक हुने भन्ने कानूनी लडाईमा छन् । यसका लागि निर्वाचन आयोगमा समेत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाई सकेको छन् । ।

प्रतिनिधिसभा बिघटनपछि प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा केन्द्रीय समितिको बैठकले ५५६ केन्द्रीय सदस्य थप गरेको थियो। तर दुई अध्यक्षको सहमति बिनाको यो निर्णय बिधान विपरित भएको भन्दै प्रचण्ड नेपाल पक्षले प्रश्न उठाउदै आएको छ।

तर आज भन्दा एक बर्ष अघि प्रचण्डले नेकपामा चार केन्द्रीय सदस्य थप गरेका थिए। त्यसलाई प्रधानमन्त्री ओलीले पछि स्वीकार गरेका थिए। उनले चार केन्द्रीय सदस्य मनोनित गर्दा प्रधानमन्त्री ओली स्विजरल्याण्डमा आयोजना भएको अल्पविकसित देशहरुको शिखर सम्मेलनमा सहभागी हुन जानु भएको थियो । उहाँलाई प्रधानमन्त्री ओली सहित बसेको नेकपा सचिवालय बैठकले भदौ ५ गते कार्यकारी अधिकार दिएको थियो ।

प्रधानमन्त्री ओलीको अनुपस्थितिमा २०७६ भदौ १६ गते बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी छोडेर आएका देवेन्द्र पराजुली र कल्पना धमला तथा विप्लव समूहको नेकपा छोडेर आएका पदम राई र किरण राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो।

यी चारै जना पूर्वमाओवादी केन्द्रबाट विद्रोह गरेर तितरवितर भएका थिए।

केन्द्रीय सदस्य वंशिधर मिश्र बंगलादेशको राजदूतमा सिफारिस भएपछि उनले केन्द्रीय सदस्यबाट राजीनामा दिएसँगै नेकपाको केन्द्रीय कमिटी ४ सय ४० सदस्यीय बनेको थियो ।

नेकपाको विधानमा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी हुने भनिएता पनि अब ४ सदस्य थपिएपछि नेकपा ४ सय ४४ सदस्यीय केन्द्रीय सदस्य हुन पुगेको थियो । सोही समयदेखि पार्टी विधान मिचिएको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);