गृहमन्त्री खाँणको ओली र प्रचण्डसँग भेटवार्ताको भित्री कथा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

गृहमन्त्री खाँणको ओली र प्रचण्डसँग भेटवार्ताको भित्री कथा

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसीका कारण सत्तारुढ गठबन्धन धरापमा परेको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित गरिएसँगै गठबन्धन धरापमा परेको विश्लेषण हुन थालेको छ ।

एमसीसीकै कारण गठबन्धन टुट्ने संकेत देखिएपछि गृहमन्त्री बालकृष्ण खाँण बुधबार बिहानैदेखि सक्रिय भए । उनी सुरुमै खुमलटार पुगेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटे । गृहमन्त्री खाँणले प्रचण्डलाई भने, ‘एमसीसीमा तपाईहरूको पोजिसन के हो क्लियर पारिदिनुपर्‍यो ।’ 

जवाफमा प्रचण्डले भने, ‘हामी एमसीसीको विपक्षमा मत हाल्छौं, गठबन्धन छोड्दैनौं ।’ तर, गृहमन्त्रीले नैतिकताले नदिने स्पष्ट पारे । खाँणले भने, ‘सरकारमा बसेर सरकारको प्रस्तावको विपक्षमा मत हाल्न पाइँदैन । यसर्थ पोजिसन क्लियर गरिदिनोस् ।’ 

प्रचण्डले कुनै उत्तर दिन नसकेपछि गृहमन्त्री खाँण त्यहाँबाट सिधै एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगे । बुधबार ओलीको बर्थ डे थियो । बालकोटमा एमाले नेता कार्यकर्ताको बाक्लो जमघट देखेपछि खाँणले भने, ‘आज तपाईको बर्थ डे रहेछ । थाहा पाएको भए केक ल्याउनु हुन्थ्यो ।’ 

त्यसपछि ओलीसँग गृहमन्त्रीले कुराकानी सुरु गरे । गृहमन्त्री खाँण निकट स्रोतका अनुसार ओलीले प्रश्न गरे, ‘सत्ता गठबन्धनको पोजिसन के हो ? हामी त पहिल्यैदेखि क्लियर छौं । सभामुखलाई हटाउनु प¥यो कि १४ जना सांसदलाई कारबाही गर्नुप¥यो ।’ त्यसपछि गृहमन्त्री खाँण एमालेको माग के हो त्यो विषयमा कांग्रेसको धारणा सुनाएर सिंहदबार फर्के ।

बिहीबार बिहानै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगे । दुई नेताबीच एमसीसीका कारण सरकार सञ्चालनमा समस्या भएकोलगायतमा कुराकानी भएको थियो । प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोगको आग्रह गरेका थिए । तर, जवाफमा प्रचण्डले भने, ‘हामी एमसीसीको विपक्षमा मत हाल्छौं ।’ तर, प्रधानमन्त्रीले ‘यसरी सरकारमा बस्न मिल्दैन, मन्त्रीलाई फिर्ता बोलाउनुस् । नत्र म आफैं निर्णय गर्छु । तर, एमसीसी कुनै हालतमा पास हुन्छ । तपाईको सहयोगको कुनै आश छैन’ भनेपछि वातावरण गम्भीर बन्न पुगेको थियो । देउवा र प्रचण्डबीच कुराकानी हुँदै गर्दा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल पुगेका थिए । तीन नेताबीच करिब आधा घन्टा कुराकानी चलेको थियो । प्रचण्ड र नेपालले एमसीसी पास गर्न हतार नगरौं भन्दै प्रधानमन्त्री देउवासँग प्रस्ताव गरेका थिए । 

बिहीबारको प्रतिनिधिसभा बैठक एमसीसी कसरी पास गर्ने भन्ने विषयमा कांग्रेस र सभामुख अग्निप्रसाद सापकोटाबीचको विवादका कारण स्थगित हुन पुग्यो । ध्वनि मत कि मत विभाजन प्रक्रियाबाट एमसीसी टुंग्याउने भन्ने विषयमा सहमति नजुटेपछि भोलिका लागि प्रतिनिधिसभाको बैठक सारिएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);