रवि लामिछाने नागरिकता लिन प्रशासन जादैं | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

रवि लामिछाने नागरिकता लिन प्रशासन जादैं

काठमाडौं, १५ माघ । अनागरिक रवि लामिछाने नागरिकताको प्रमाणपत्र लिन आज प्रशासन जाने भएका छन् । लामिछाने नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौं जाने भएका हुन् । उनले स्थानीय प्रशासनसँग समन्वय गरेर नागरिकता लिने तयारी गरेको बुझिएको छ ।

लामिछानेविरुद्दको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो । लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);