रविले नागरिकता पुनः प्राप्ति गरेसँगै सभापति बनाउने पार्टीको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

रविले नागरिकता पुनः प्राप्ति गरेसँगै सभापति बनाउने पार्टीको तयारी

काठमाडौं, १५ माघ । रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनः प्राप्ति गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति बनाउने तयारी गरेको छ । रवि यतिबेला नागरिकता लिनका लागि प्रशासन कार्यालयमा पुगेका छन् ।

पार्टीले रविलाई सभापति घोषणा गर्नकै लागि ३ बजे केन्द्रीय समितिको बैठक बोलाएको छ । लामिछानेविरुद्दको नागरिकता विवादको मुद्दामा सर्वोच्च अदालतले उनको सांसद पद खारेज गर्ने फैसला गरेको हो ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हाको संवैधानिक इजलासलले यस्तो आदेश दिएको हो । लामिछानेको सांसद पद र गृहमन्त्री दुबै पद खारेज भएको छ ।

चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछाने पुस ११ गते उपप्रधानसहित गृहमन्त्रीमा नियुक्त भएका थिए ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);