सर्वोच्चले फैसला नगर्दै रवि लामिछाने कसरी लिए शपथ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

सर्वोच्चले फैसला नगर्दै रवि लामिछाने कसरी लिए शपथ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिहीबार प्रतिनिधि सभा सदस्यको शपथ लिएका छन् । लामिछानेविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि उनले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

उनको सांसद पद खारेज गर्न माग गर्दै परेको रिटमा बुधबार संवैधानिक इजलासले रिट निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। यससँगै लामिछानले सांसदको शपथ लिन पाएका हुन् । सर्वोच्चका कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश दिएको छ।

प्रतिनिधि सभा सदस्य हुन लामिछाने अयोग्य रहेको,अमेरिकी नागरिकता लिंदा नेपाली नागरिकता त्यागेको र त्यसपछि पुनः नेपाली नागरिकता नलिएको दाबी गर्दै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले छुट्टाछुट्टै रिट दायर गरेका थिए।

उनीहरूले लामिछानेलाई प्रतिनिधि सभा सदस्यको शपथ ग्रहण रोक र प्रतिनिधि सभा सदस्य खारेज गर्न पनि अन्तरिम आदेश माग गरेका थिए।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);