गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

गृहमन्त्री रवि लामिछानेको नागरिकताबारे आज सुनुवाइ हुँदै

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको मुद्दामा आज सर्वोच्चको संवैधानिक इजलासमा छलफल हुने भएको छ । लामिछानेविरुद्ध सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै परेको रिटमा अदालतले आज दुवै पक्षलाई छलफलका लागि बोलाएको हो ।

आजको बहस लामिछानेविरुद्ध परेको निवेदनमाथि अन्तरिम आदेश जारी हुने वा नहुने विषयमा केन्द्रीत हुने जनाइएको छ । उनीविरुद्ध अन्तरिम आदेश भए उनी सांसद र मन्त्रीसमेत हुन पाउँदैनन् ।

लामिछाने सांसद हुन अयोग्य रहेको जिकिर गर्दै युवराज पौडेल र रविराज बासुलाले रिट दायर गरेका थिए । लामिछानेले अमेरिकी नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः बदर भएको र नेपाल फर्केपछि उनले पुरानै नागरिकता प्रयोग गरी दल दर्ता तथा प्रतिनिधिसभामा उम्मेदवार बनेको भन्दै रिट दर्ता भएको थियो । नेपाली नागरिकलाई मात्र दल खोल्ने संविधानमा उल्लेख छ ।

एकपटक नागरिकता बदर भइसकेको अवस्थामा अर्को नागरिकता प्राप्त नगरी पुरानै बदर भएको नागरिकताका आधारमा उम्मेदवारी दिएकोले लामिछाने अयोग्य भएको भन्दै सांसदको रुपमा कामकाजमा रोक लगाउन समेत रिटमा माग गरिएको छ ।

निर्वाचन आयोगले संवैधानिक तथा कानुुनी व्यवस्थाका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेको उल्लेख गर्दै कानुन बमोजिम सभापति चयन भई आवश्यक कागजातहरु पेश गरेको पाइएको भन्दै सभापति र दलको सदस्यता खारेज गर्नुपर्ने कारण नभएको उल्लेख गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);