रवि लामिछानेका पछाडि युवराज सफल किन लागे | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

रवि लामिछानेका पछाडि युवराज सफल किन लागे

काठमाडौं, १९ चैत्र । उपनिर्वाचनमा चितवन २ बाट उम्मेदवारी दिन लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध रिट दर्ता भएको छ । उनीविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

यसअघि लामिछानेविरुद्ध सरकारकोतर्फबाट महान्यायाधिवक्ता कार्यालयले मुद्या नचलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एकजना युवक युवराज पौडेलले मुद्या दर्ता गरेका हुन् ।

कुनैपनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने नियम छ । दोहोरो पासपोर्ट प्रकरणमा प्रहरीले अनुसन्धान गरेपछि महान्यायाधिवक्ताको कार्यालयले मुद्या अगाडि नबढाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले चुनाव जितेको चुनावी क्षेत्र चितवन २ को सांसद पद रिक्त भएको थियो । उक्त क्षेत्रमा रवि आफैले भोलि सोमबार उम्मेदवारका रुपमा मनोनयन दर्ता गर्दैछन् ।

रास्वपाका अध्यक्ष लामिछानेले पार्टी स्थापनाको ६ महिनामै सांसदको चुनावमा २० सिट दिलाएका थिए । उनको दल नेपालको संसदमा चौंथो ठूलो शक्ति हो । उनी केही दिनका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पनि बनेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);