रवि लामिछानेविरुद्धको मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

रवि लामिछानेविरुद्धको मुद्दामा आज प्रारम्भिक सुनुवाइ हुँदै

काठमाडौं, २१ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि नागरिकता दुरुपयोगसम्बन्धि मुद्दा चलाउन माग गर्दै दायर रिटमा आज प्रारम्भिक सुनुवाई हुने भएको छ । लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध युवराज सफलले पुनः दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाईका लागि आज पेशी तोकिएको छ ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ का उम्मेदवार लामिछानेविरुद्ध दोहोरो राहदानी लिएको विषयमा मुद्दा नचलाउने सरकारको निर्णयविरुद्ध पुनः रिट दर्ता भएको हो । उनीविरुद्ध आइतवार सर्वोच्च अदालतमा रिट दर्ता भएको हो ।

यसअघि लामिछानेविरुद्ध सरकारकोतर्फबाट महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसविरुद्ध एकजना युवक युवराज सफलले मुद्दा दर्ता गरेका हुन् । कुनैपनि फौजदारी कसुरमा प्रहरीले अनुसन्धान गरी पेश गरेको प्रतिवेदनमाथि जिल्ला सरकारी वकिलको कार्यालयले निर्णय गर्नुपर्ने नियम छ । दोहोरो पासपोर्ट प्रकरणमा प्रहरीले अनुसन्धान गरेपछि महान्यायाधिवक्ताको कार्यालयले मुद्या अगाडि नबढाउने निर्णय गरेको थियो ।

सर्वोच्च अदालतले रवि लामिछानेको नागरिकता विवादमा सांसद पद नै जाने गरी फैसला सुनाएको थियो । उनले चुनाव जितेको चुनावी क्षेत्र चितवन २ को सांसद पद रिक्त भएको थियो । उक्त क्षेत्रमा रविले सोमबार उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेका छन् ।

रास्वपाका अध्यक्ष लामिछानेले पार्टी स्थापनाको ६ महिनामै सांसदको चुनावमा २० सिट दिलाएका थिए । उनको दल नेपालको संसदमा चौंथो ठूलो शक्ति हो । उनी केही दिनका लागि उपप्रधानमन्त्रीसहित गृहमन्त्री पनि बनेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);