उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौं, २१ चैत्र । आगामी बैशाख १० गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी गर्न सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार मंगलबार उम्मेदवारविरुद्ध उजुरी दिने दिन तोकिएको छ ।

विभिन्न जिल्लाका तीन क्षेत्रमा हुने उपनिर्वाचनका लागि ६९ जनाले उम्मेदवारी दिएका छन् । आगामी चैत्र २३ गते उम्मेदवारी फिर्ता लिने दिन तोकिएको छ । बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह पनि सोही दिन प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।

विभिन्न कारणले रिक्त रहेको तनहु–१, बारा–२ र चितवन–२ मा आगामी बैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);