प्रचण्ड सय दिनमा मन्त्रिमण्डल पूर्णता दिनमै असफल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

प्रचण्ड सय दिनमा मन्त्रिमण्डल पूर्णता दिनमै असफल

काठमाडौं, १९ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेको एक सय दिनमा पनि मन्त्रिमण्डललाई पूर्णता दिन असफल भए । प्रचण्डले अझै पाँच मन्त्रालय आफै सम्हालिरहेका छन् ।

परराष्ट्र, वन, स्वास्थ्य, कानून र खानेपानी जस्ता महत्वपूर्ण मन्त्रालय प्रचण्डले सम्हाल्दै आएका छन् । सत्ता समिकरण बदलिएपछि उनले एक महिनासम्म १६ मन्त्रालय एक्लै सम्हाले । ३१ मार्चमा ११ नयाँ मन्त्री थपिए । तर, सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भागमा परेको ८ मन्त्रालय मध्ये ४ जना मन्त्री मात्र पठाइए ।
काँग्रेसभित्र मन्त्रालय बाँडफाँडका विषयमा विवाद छ । जसका कारण उसले थप ४ मन्त्री पठाउन सकेन ।

मागेको मन्त्रालय नपाएपछि सीके राउत नेतृत्वको जनमत पार्टीबाट मन्त्री रहेका अब्दुल खानले राजीनामा दिए ।

प्रधानमन्त्री बनेपछि प्रचण्डले एक सय दिनमा सातपटक मन्त्रीमण्डल हेरफेर र परिवर्तन गरिसकेका छन् । तर, मन्त्रिमण्डले अहिलेसम्म पूर्णता पाउन सकेको छैन ।

प्रधानमन्त्री प्रचण्डसहित सरकारमा १६ मन्त्री र एक राज्यमन्त्री छन् । देशको संविधानले प्रधानमन्त्री, २० मन्त्री र ४ राज्यमन्त्री गरी अधिकतम् २५ जनालाई मन्त्री बनाउनसक्ने व्यवस्था गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);