मन्त्रिपरिषदले आज पुर्णता पाउँदै, शपथ ग्रहण ३ बजे | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मन्त्रिपरिषदले आज पुर्णता पाउँदै, शपथ ग्रहण ३ बजे

काठमाडौं, १७ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । आज दिउँसो एक बजेभित्र दलहरुलाई मन्त्री बन्नेहरुको नामावली बुझाउन दाहालले आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयको अनुसार दलहरुको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरुको शपथ ग्रहण समारोह हुनेछ ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पाएका १६ मन्त्रालय अहिले प्रधानमन्त्री प्रचण्डले आफैं सम्हाल्दै आएका छन् । १५ माघदेखि जनमत पार्टीका एक र माओवादी केन्द्रका चार

मन्त्री मात्रै सरकारमा मन्त्री छन् । प्रधानमन्त्री प्रचण्ड बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारीमा भएपनि तर मन्त्रालयमा धेरै दलको दाबी रहेका कारण विवाद हुँदा शुक्रबारका लागि सरेका थियो ।

गठबन्धन दलबीच कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २÷२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले १÷१ मन्त्रालय पाउने सहमति भएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);