कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

कर्णालीका मुख्यमन्त्री शर्माले आज दोस्रो पटक विश्वासको मत लिँदै

काठमाडौं, १७ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज दोस्रोपटक विश्वासको मत लिँदैछन् । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समर्थन फिर्ता लिएसँगै नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शर्माले विश्वासको मत लिन लागेका हुन् । उनी गत पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

शर्मालाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उनले नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुको समर्थन पाएका थिए ।
४० सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि २१ मत आवश्यक पर्नेमा शर्मालाई उनकै पार्टी माओवादी केन्द्रका १३, एमालेको १० र राप्रपाका १ गरी २४ सांसदले मत दिएका हुन् । नेपाली कांग्रेसको सबैभन्दा धेरै १४ र एकीकृत समाजवादीको १ सिट र एकजना स्वतन्त्र सांसद छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);