मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मधेस प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै

काठमाडौं, ३ माघ । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले आज विश्वासको मत लिंदैछन् । प्रदेश सभाका मुख्यमन्त्री यादवले आज दिउँसो १ बजे विश्वासको मत लिने कार्यसुची रहेको छ ।

गत बुधबार जनता समाजवादी पार्टीका संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्ति गरेका थिए । उनलाई ७२ सांसदको समर्थन छ ।

उनलाई मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नेता यादवले सत्तागठबन्धनका ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख मिश्रसमक्ष दाबी पेश गरेका थिए ।

१०७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा नयाँ सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्ने थियो । यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र नेपाल संघीय पार्टीका एक र स्वतन्त्र एक जना सदस्यहरुसहित ७२ प्रदेश सांसदले समर्थन गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);