मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

मधेस प्रदेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त

काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टीका नेता सरोज यादव नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले नियुक्तिको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।

उनलाई मिश्रले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । जसपा संसदीय दलका नेता यादवले सत्तागठबन्धनका ६३ सांसदको समर्थनसहित प्रदेश प्रमुख मिश्रसमक्ष दाबी पेश गरेका हुन् ।

१०७ जना प्रदेशसभा सदस्य रहेको प्रदेशमा नयाँ सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । यादवलाई जसपाको १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका ९, राष्ट्रिय प्रजातन्त्र पार्टीका एक र नेपाल संघीय पार्टीका एक र स्वतन्त्र एक जना सदस्यहरुसहित ६३ प्रदेश सांसदको समर्थन रहेको छ । प्रदेश प्रमुख मिश्रले पुस २८ गते अपरान्ह्र ४बजेसम्मका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);