लुम्बिनीमा एमालेका गिरी मुख्यमन्त्री नियुक्त,स्वतन्त्रको पनि पाए साथ | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

लुम्बिनीमा एमालेका गिरी मुख्यमन्त्री नियुक्त,स्वतन्त्रको पनि पाए साथ

काठमाडौं । लुम्बिनी प्रदेशले तेस्रो मुख्यमन्त्री पाएको छ । सत्तारुढ दल नेकपा (एमाले)का लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता गिरी सात दलिय सत्तागठबन्धनको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

५८ सांसदहरुको समर्थन पाएका गिरीलाई प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार उनलाई नियुक्त गरेका हुन् । गिरी शंकर पोखरेल मुख्यमन्त्री हुँदा प्रदेशको वन, वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका थिए । उनी रुपन्देही २ (क)बाट मंसिरमा सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका हुन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४४ सांसदको समर्थन आवश्यक हुनेथियो । उनले ५८ जना सांसदहरुले समर्थन गरे । एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका ४, जसपाका ३ र जनमत पार्टीका ३, नागरिक उन्मुक्तिका ४, लोसपाका ३ र २ स्वतन्त्र गरी ५८ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);