आफूलाई सर्वेसर्वा ठान्ने ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई नेपालको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

आफूलाई सर्वेसर्वा ठान्ने ओली प्रवृत्तिको पछि नलाग्न प्रधानमन्त्रीलाई नेपालको सुझाव

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूलाई सर्वेसर्वा ठान्ने केपी ओली प्रवृत्ति रहेको भन्दै त्यसको पछि नलाग्न प्रधानमन्त्री प्रचण्डलाई आग्रह गर्नु भएको छ ।

प्रतिनिधिसभा विघटन गर्न नहुने संविधानको व्यवस्थालाई अझै स्विकार नगर्ने एमाले अध्यक्ष ओलीले आफूलाई सुप्रिमो ठान्ने गरेको उहाँको आरोप थियो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष नेपालले भ्रष्टाचार नियन्त्रण गर्ने, विकास निर्माणको कामलाई गतिदिने आशा र अपेक्षासहित आफ्नो पार्टीले प्रचण्डलाई १५ बूँदे शर्तसहित विश्वासको मत दिएको पनि स्पष्ट पार्नु भयो । संविधानको मूल मर्म र भावनालाई ध्यान दिएर अघि बढन पनि प्रधानमन्त्री प्रचण्डलाई उहाँले सचेत गराउनु भयो ।

अध्यक्ष नेपालले प्रतिनिधिसभा विघटन गर्न नमिल्ने संविधानको व्यवस्था भएपनि ओलीले आफूले ठिक गरे भनेर अझै पनि अहंकार प्रस्तुत गरिरहेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले विश्वासको मत लिने बेलामा गरेका प्रतिवद्धताहरु पूरा गर्ने काममा केन्द्रित हुन पनि प्रधानमन्त्री दाहाललाई सुझाव दिनु भयो । सरकारले जनतालाई अनुभूति हुने गरी काम गरे आफ्नो पार्टीले प्रतिपक्षमा बसेर पनि साथ र सहयोग रहिरहने उहाँको भनाई थियो । अध्यक्ष नेपालले सरकारलाई राष्ट्र, राष्ट्रियता र जनजीविकाको सवालमा काम गर्न आफ्नो पार्टीले घच्घच्याई रहने पनि बताउनु भयो ।

अध्यक्ष नेपालले देशलाई विदेशीहरुको क्रिडाभूमि बन्न नदिने काममा वर्तमान सरकार सचेत रहनुपर्ने सुझाव दिनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);