लामो समयपछि प्रधानमन्त्री ओली – दाहालबीच फोन वार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

लामो समयपछि प्रधानमन्त्री ओली – दाहालबीच फोन वार्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका छन् । दुई नेताबीच लामो समयपछिको यो आईसब्रेक भएको हो ।

शुक्रबार ललितपुरको कोन्जोसोम गाउँपालिकामा नवनिर्मित भवन समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले ‘भर्खरै आफूलाई प्रधानमन्त्री ओलीको फोन आएको’ बताएका हुन् । धेरै समय पछि प्रधानमन्त्री ओलीको फोन आफूलाई आएको उनले बताए ।

फोनमा के कुराकानी भयो भन्ने दाहालले खुलाएनन् । प्रदेश सरकार परिवर्तन लगायत बिभिन्न बिषयमा बहस चलिरहेको बेला यो फोन वार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);