मलाई मदन भण्डारीको रुपमा देख्न थालेका थिए : अध्यक्ष दाहाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

मलाई मदन भण्डारीको रुपमा देख्न थालेका थिए : अध्यक्ष दाहाल

काठमाडौं, २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका नेता कार्यकताहरुले आफूलाई मदन भण्डारीका रुपमा देख्न थालेको दाबी गरेका छन्। माओवादी मुख्यालय पेरिसडाँडामा आयोजित प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले यसतो बताएका हुन् ।

उनले भने ‘पोहोर माघमा भएको केन्द्रीय समितिको बैठकको अध्यक्षता मैले गरेको थिएँ । त्यसमा ओलीको कुनै भूमिका थिएन । बैठकबाट निस्किँदा सबैको हसिलो मुद्रा थियो । म त्यसपछि विभिन्न जिल्लाका प्रशिक्षण कार्यक्रममा गएँ । मेरो प्रशिक्षण देखेर एमालेकै कार्यकर्ताले हामीले तपाईमा मदन भण्डारी भेट्यौं भन्न थालेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो लोकप्रियता देखेपछि प्रतिक्रियावादीसँग मिलेर षडयन्त्र गरेको अध्यक्ष दाहालले आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);