मनाइयो अन्तर्राष्ट्रिय योग दिवस | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

मनाइयो अन्तर्राष्ट्रिय योग दिवस

चितवन। जिल्लाका विभिन्न स्थानमा औपचारिक तथा अनौपचारिक कार्यक्रम गरि मंगलबार आठौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ । प्राकृतिक चिकित्सालय वागेश्वरीले आयोजना गरेको योग दिवसको कार्यक्रममा योग प्रशिक्षण दिनुका साथै यसको महत्वबारे जानकारी दिइएको थियो ।कार्यक्रममा पूर्वशिक्षा मन्त्री गिरीराजमणि पोखरेल सहभागी भएका थिए । जीवनलाई सुखमय र उत्पादनशील बनाउन योगले ठूलो योगदान गर्ने पोखरेलले बताए । योग नेपालको पहिचानसँग सम्बन्धित भएकाले योगको स्वामित्व नेपालले लिनुपर्ने उनको भनाइ छ।

‘योगलाई संगठित रुपमा पठनपाठनसँग जोडेर लगियो भने हाम्रो देशलाई समृद्धिको दिशामा लैजान सकिन्छ’, उनले भने । विद्यालय शिक्षा र प्राविधिक शिक्षामा योगको पाठ्यक्रम सुरु भइसकेको भन्दै उनले योगलाई युवा पुस्ताले अभियानका रुपमा लैजान सक्ने बताए । उनी शिक्षामन्त्री भएका बेला योगलाई पाठ्यक्रममा समावेश गरिएको थियो ।योग गुरु नानीराम दाहालले योग प्रशिक्षण दिए । विभिन्न देशमा पुगेरसमेत प्रशिक्षण दिएका दाहालले हरेक व्यक्तिले आफ्नो स्वास्थ्यका लागि दैनिक एक घण्टा योग गर्नु उपयुक्त हुने बताउँछन्।‘शरीरलाई असर नपर्नेगरी जुन आसनमा योग गर्दा पनि हुन्छ’, उनी भन्छन्, ‘योग गर्दा हरेक अंगको व्यायाम हुन जरुरी छ । सुतेर, उठेर, बसेर जसरी पनि योग गर्न सकिन्छ ।’ बिहानको समयमा योग गर्दा शरीरलाई फाइदा पुग्ने उनी बताउँछन्।राति निन्द्रा नलाग्ने व्यक्तिले साँझपख पसिना बग्नेगरी योग गर्दा मन शान्त हुने र निन्द्रा नियमित रुपमा लाग्ने उनले बताए । पछिल्लो समय विश्वका कयौँ देशका नागरिकले योगलाई अवलम्बन गर्न थालेका छन्।

Leave a Reply

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि