कार्यवहाक प्रधानमन्त्री देखि भारतीय राजदूतले लिए योगको आनन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

कार्यवहाक प्रधानमन्त्री देखि भारतीय राजदूतले लिए योगको आनन्द

yoga diwas

काठमाडौं, ७ असार । अन्तर्राष्ट्रिय योग दिवस, योग अभ्यास र त्यसको महत्वका बारेमा चर्चा गर्दै नेपालमा पनि मनाईएको छ । योग अभ्यासमा काम गर्दै आएका पतञ्जली योगपीठ लगायतका संघ संस्थाले सार्वजनिक रुपमा योग अभ्यास कार्यक्रम सञ्चालन गर्दै विहिबार चौथो योग दिवस मनाए ।

पतञ्जली योगपीठ नेपालले दिवसका अवसरमा नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा गरेको योग अभ्यासमा कार्यवहाक प्रधानमन्त्री ईश्वर पोखरेल, नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह पुरी लगायत विभिन्न तहका उच्च अधिकारीहरुको उपस्थिति थियो ।

कार्यक्रममा कार्यवहाक प्रधानमन्त्री पोखरेलले विश्वव्यापी रुपमा योगको महत्व बढ्दै गएको परिपेक्षमा मानवता, आध्यात्मिकता, असल विचार र विभेदको अन्त्य गर्दै समताँसग जोडिने अर्थको रुपमा योग दिवसलाई बुझ्नुपर्ने बताउनुभयो । कार्यवहाक प्रधानमन्त्री पोखरेलले योग शिक्षालाई विद्यालयतहमा अझ फराकिलो बनाउदै स्वस्थ्य नागरिकको विकास गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९ औं महासभाले जुन २१ को दिनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउन भारतले गरेको प्रस्तावलाई अध्याधिक बहुमतले अनुमोदन गरेसँगै यो दिवस मनाउन थालिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);